

धादिङ । नीलकण्ठ नगरपालिकाका९ का जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई बालमैत्री स्थानिय शासन अवलम्बन तथा घोषणा सम्बन्धी अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ ।
आईतबार नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनप्रतिनिधिसँगै, कर्मचारी बालक्लब संजालका पदाधिकारी तथा सरोकारवालाहरुको लागि अभिमुखिकरण कार्यशाला सञ्चालन गरेको हो ।

नगरपालिकाले वडाहरुलाई बालमैत्री वडा घोषणाको लागि सबै सरोकारवालाहरुलाई बालमैत्री अभियानमा सहभागी गराई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानलाई तिब्रता दिईएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद रिजालले जानकारी दिनुभयो ।

बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानमा रहेको पनि बताउनुभयो ।
बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धी ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्य पूरा गर्न वडा तहका सम्बन्धित सरोकारवालाहरुको लागि अभिमुखिकरण गरिएको रिजालको भनाई छ ।
कार्यक्रममा बालमैत्री स्थानीय शासन अबधारणा, बालमैत्री नगरपालिकाको लागि बालबालिका सम्बन्धि कार्यान्वयन निर्देशिका २०७८ अनुसारको कार्यान्वयनका तहगत खुड्किलाहरु, बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु, बिद्यालय तथा समुदाय तहमा बाल समूह गठन,पुर्नगठन तथा समुदाय परिचालन, बालबालिकामा लगानी योजना लगायतका बिषयमा बाल अधिकार अभियन्ता तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।

अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा सहकार्य गर्ने सामुदायिक प्रतिबद्धता गरेका छन् । अभिमुखिकरण कार्यक्रमकै क्रममा बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ बमोजिम वडा नं. ९ को वडाध्यक्ष राजन बराइलीको अध्यक्षतामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा स्तरीय समिति गठन गरिएको महिला बालबालिका शाखाका निर्मला केसीले जानकारी दिनुभयो ।

वडाध्यक्ष बराईलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितका अध्यक्षहरु, वास्थ्य संस्था प्रमुख,सहकारीका प्रतिनिधिहरु,महिला समुह, बालक्लब संञ्जालका प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |