

धादिङ । नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउनेखोला नजिक भएको मिनीट्रक दुर्घटनाका घाइतेहरुको उपचारको खर्च विवरणसँगै अभियानबाट संकलन भएको रकम सार्वजनिक गरिएको छ ।
दुर्घटना पश्चात नीलकण्ठ–५ का वडा अध्यक्ष राम कुमार श्रेष्ठको नेतृत्वमा संचालन गरिएको उद्दार, उपचार तथा आर्थिक संकलन अभियानबाट दुर्घटनाका घाइतेहरु तथा मृतक परिवारका लागि २५ लाख भन्दा बढी सहयोग संकलन भएको जानकारी दिईएको छ ।
सोमबार धादिङबेशीमा पत्रकार सम्मेलन गरी वडामा कृयाशिल राजनीतिक दल, सामाजिक अभियान्ताहरु,देश बिदेशमा रहेका नेपाली, विभिन्न सामाजिक संस्था र गाउँबासीको सहयोग र पहलमा संकलन भएको रकम सार्वजनिक गरिएको हो ।
अहिलेसम्म बैक खातामा १५ लाख ३४ हजार चार सय ९१ र नगद १० लाख १५ हजार नौं सय ७३ गरी २५ लाख ५० हजार चार सय ६४ रुपैंया संकलन भएको वडा अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
दुर्घटनामा परेका नौं जना मध्ये चार जनाको मृत्यु भइसकेपनि अहिले पाँच जना घाइते अवस्थामै उपचाररत छन् ।
दुर्घटनामा परि घाईते भएकाहरु मध्ये १४ वर्षिय कृष्ण रम्तेलको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ भने सुदिप मजकोटी, हिरा रम्तेल, बिमल मजकोटी, सुजन रम्तेल उपचारपछि घर फर्किएका छन् ।
बाँकी रहेको रकमले थप उपचारमा सहयोग गर्ने र त्यसपछि पनि केही रकम बाँकी बस्यो भने घाइते र मृतकका परिवारसँगकै सल्लाह अनुसार निर्णय गरिने वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।
पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको थियो । दुर्घटनामा परि सन्तोष रम्तेल, गोपी रम्तेल, विष्णु श्रीमल र प्रितम मजकोटीको मृत्यु भएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |