

झार्लाङ । धादिङको खनियावास गाउँपालिका वडा नं २ कोखिममा समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम सञ्चालन गरिएको छ ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा खनियावास गाउँपालिकाको समन्वयमा संचालनमा गरेको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत गठित समुहका पदाधिकारीहरुको लागि २ दिने नेतृत्व विकास तालिम सञ्चालन गरिएको हो ।

वडा नं २ को वडा सदस्य बुधलाल तामाङ आतिथ्यतामा भएको तालिममा १६ वटा समुहका २२ जना सहभागी थिए ।
तालिममा नेता, नेतृत्व , नेतृत्वका गुणहरु, समुह, समुहको संस्थागत विकास,बैठक संचालन प्रक्रिया, समुहको पदाधिकारीहरुको काम,कर्तव्य, उत्तरदायित्व, समुहको निति नियमहरु लगायतका बिषयमा सहजकर्ता रेनुका रुपाखेति र प्रयास नेपाल धादिङका जेण्डर एसोसिएट शर्मिला गुरुङले सहजिकरण गर्नु भएको थियो ।


कार्यक्रममा प्रयास नेपाल धादिङ र आड्रा नेपालको संस्थागत चिनारी र परियोजनाको लक्ष्य, उदेश्य संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका पशुस्वास्थ्य प्राविधिक रुपेश तामाङले जानकारी गराउनु भएको थियोे ।
तालिम संचालनको क्रममा कुनै पनि क्रियाकलाप तथा सहयोग गर्दा समुह तथा समुदाय तहमा लैगिक समानता र समावेशीकरणको पक्षमा बिशेष ध्यान दिई कार्य गर्ने जेण्डर एसोसिएट शर्मिला गुरुङले बताउनु भयो ।

कृषकको क्षमता विकास, जलवायु कृषक पाठशाला , प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने उदेश्यले खनियावास र गंगाजमुना गाउँपालिकामा उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभएको झार्लाङबाट मनिस तामाङले जानकारी दिनुभयो ।
शुक्रबारबाट शुरु भएको तालिम शनिबार सकिएको हो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |