

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ नीगालपानीमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
वडा नम्बर ९ हटिया निवासी व्यवसायी एवं समाजसेवी पूर्णमान शाक्य र उहाँका भाई मानकाजी शाक्यले बुवाको १६ औं पुण्य तिथिका अवसरमा शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो ।

विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

बाबु आमा मध्ये एक अभिभावक गुमाएका जेहेन्दार विद्यार्थीहरुको लागि कपि, कलम, पेन्सिल लगायतका शैक्षिक सामाग्री सहयोग गरिएको व्यवसायी एवं समाजसेवी पूर्णमान शाक्यले बताउनुभयोे ।
अभिभावक गुमाएका विद्यार्थीहरुको पढाईमा केही हदसम्म भएपनि टेवा पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामाग्री प्रदान गरिएको उहाँको भनाई छ । सहयोगीदाता शाक्य दाजुभाई सोही विद्यालयमा अध्ययन गर्नुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |