

देशभरि मनसुनी प्रणाली फैलिएको छ ।
गएको जेठ २८ गते अर्थात् जुन १० तारिख देशको पूर्वी भू–भागबाट नेपाल प्रवेश गरेको मनसुनी प्रणाली देशभर फैलिएको मौसम पूर्वानमान महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी गराएको हो ।
नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो प्रवेश गरेको भए पनि देशभर फैलन १५ दिन लागेको छ ।
यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष खासगरी जुलाई र अगस्टमा बढी पानी पर्ने सम्भावना रहेको विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |