

यसवर्षको माध्यामिक शिक्षा परीक्षा एसइई नतिजा सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नयाँ लेट ग्रेडिङ प्रणाली अन्तर्गत निकालिएको नतिजामा कुल चार लाख ६४ हजार ७८५ परिक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् भने दुई लाख २२ हजार ६९३ जना अनुतीर्ण (ननग्रेडिङ) भएका छन्।
सार्वजनिक भएको नतिजाअनुसार सबैभन्दा राम्रो नतिजा बागमती प्रदेशको देखिएको छ भने, सबैभन्दा खराब नतिज सुदूरपश्चिमको आएको छ ।
बागमती प्रदेशबाट ६६.१२ प्रतिशत उत्तीर्ण भएका छन् भने सुदूरपश्चिमबाट ३१.८८ प्रतिशत मात्रै उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
बोर्डका अनुसार कोशी प्रदेशमा ७५ हजार ९८८ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३६ हजार ९३ जना परिक्षार्थी उत्तीर्ण भएका छन् भने ३९ हजार ८९५ जना ननग्रेडिङमा परेका छन् ।
यस्तै मधेश प्रदेशबाट ७९ हजार ५९२ जना विद्यार्थीले परीक्षा दिएकोमा ३७ हजार ३०६ जना उत्तीर्ण भएका छन् भने ४२ हजार २८६ जना ननग्रेडमा परेका छन् ।
बागमतीबाट कुल ९९ हजार ८७२ जना सहभागी भएकोमा ३३ हजार ८४३ जना ननग्रेडमा परेका छन् ।गण्डकी प्रदेशबाट परीक्षामा ४० हजार ५२६ जना सहभागी भएकोमा २० हजार २५१ परिक्षार्थी उत्तीर्ण भएका छन् भने २० हजार २७५ ननग्रेडमा परेका छन् ।
लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ जना सहभागी भएकोमा ३१ हजार १०३ परीक्षार्थी उत्तीर्ण भएका छन् भने ४९ हजार २२४ जना परीक्षार्थी ननग्रेडमा परेका छन् ।
कर्णाली प्रदेशबाट परीक्षामा सहभागी कुल ३५ हजार ३४ परिक्षार्थीमध्ये १४ हजार ६५४ मात्रै उत्तीर्ण भए भने २० हजार ३८० जना ननग्रेडमा परेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट कुल ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा जम्मा १७ हजार ३६ जना मात्रै उत्तीर्ण भएका छन् भने ३६ हजार ४१० परीक्षार्थी ननग्रेडमा परेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |