

धादिङ–बेनिघाट रोराङ गाउँपालिका–१० खोरभञ्ज्याङमा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तरगत आर्थिक वर्ष २०८०/०८१ मा वडामा गरेका गतिविधिहरू सार्वजनिकिकरण गर्ने, सबै पक्ष बिचमा समिक्षा गर्ने, मुल्याङ्कन गर्ने, सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहीता. विश्वासनियता मापन, पृष्ठपोषण लिन र सुशासनको प्रवर्द्धनका लागि बिहिबार सामाजिक लेखा परीक्षण गरेको हो ।
बालबालिकाको समग्र शैक्षिक गुणस्तर सुधार तथा परिवार र समुदायको आय बृद्धिका अवसरहरुमा समेत सुधार गर्ने उद्देश्यले शिक्षामा पहुँच सुनिश्चितता परियोजनाको सामाजिक लेखा परिक्षण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।
सहभागीहरुले परियोजनाको प्रशंसा गर्दै शिक्षा मात्र होइन अन्य क्षेत्रमा पनि परियोजना संचालन गर्न आग्रह गरेका छन् ।
सामाजिक लेखा परिक्षणले स्थानीय तहमा क्रियाशिल सामाजिक संस्था प्रयास नेपालको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, श्रोत परिचालन, कार्यान्वयन प्रकृया, पारदर्शिता र प्रभावकारिताबारे सम्बन्धित सेवाग्राही, सेवा प्रदायक तथा सो क्षेत्रका सरोकारवालाहरुबिच छलफल गरि आगामी दिनमा परियोजनालाई थप सुधार गर्न सहयोग पुग्ने प्रयास नेपालकी उपाध्यक्ष उषा वि.कले बताउनुभयो।
कार्यक्रममा परियोजना संयोजक केशव सिग्देलले आर्थिक वर्ष ०८०/०८१ मा शिक्षा विषयगत क्षेत्र अन्तरगत शिक्षामा पहुँच सुनिश्चितता परियोजना कार्यक्रमको प्रगति तथा आर्थिक विवरण प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष विकास प्रजा, विद्यालयका प्रधानाध्यपकहरु, शिक्षकहरु, प्रतिनिधीहरु, बाल विकास सहजकर्ताहरु, बाल क्लबका पदाधिकारीहरु, बाल क्लब फोकल शिक्षकहरु,विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र लक्षित समुदायका व्यक्तिहरुले परियोजनाले राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।
पत्रकार अनिल नेपालीले सहजिकरण गर्नुभएको सामाजिक लेखा परिक्षण कार्यक्रममा उठेका सवालहरुको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले सम्बोधन गर्नुभएको थियो ।
चाईल्डफण्ड जापान(ChildFund Japan)को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले बालबालिकाको समग्र शैक्षिक गुणस्तर सुधार तथा परिवार र समुदायको आय वृद्घिका अवसरहरुमा समेत सुधार गर्ने उद्देश्यसहित वडा नम्बर ६, ८ र १० वडाका १९ विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना सञ्चालन गरिरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |