

काठमाडौँ । सुनको मूर्ति भन्दै नक्कली सुनको मूर्ति दिएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको उडिसाका ४० वर्षीय कलाकार दास, धादिङको निलकण्ठ नगरपालिका–२ का ३८ वर्षीय दिपक थापा, काठमाडौं महानगरपालिका–१५ चौमती बस्ने ५५ वर्षीय रविन महर्जन,म्याग्दीका ६४ वर्षीय क्षेत्र बहादुर शाही र दाङका ३५ वषीय बसन्त चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरूले कागेश्वरी मनोहराका दिनेश न्यौपानेलाई ३० लाख रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
उनीहरूको साथबाट नक्कली सुनको मूर्ति र १४ लाख नगद पनि बरामद गरेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |