

एसईईको मौका परीक्षाको तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई)अर्को महिना साउन २३ गतेदेखि ३१ गतेसम्म हुनेछ ।
असार १६ गते बोर्ड बैठकले एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीका लागि पूरक अर्थात् ९ग्रेडवृद्धि० परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
२०८० सालको नियमित परीक्षाको प्रवेशपत्र नै पुरक परीक्षाको प्रवेशपत्र कायम गरिएकोले त्यसै प्रवेशपत्रका आधारमा परीक्षामा सहभागी हुनुपर्नेछ ।
परीक्षा केन्द्रको जानकारी सम्बन्धित शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइबाट हुनेछ । तोकिएको केन्द्र र तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीलाई परीक्षाको अर्को व्यवस्था गरिने छैन ।
परीक्षाफल रद्द भएका परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् ।
शिक्षा विकास तथा समन्वय इकाइले ग्रेडवृद्धि परीक्षामा सामेल हुन आवेदन फाराम भर्ने परीक्षार्थीको विवरण २०८१ साल साउन १८ गते सम्ममा विद्यालयगत रूपमा विषयसमेत खुल्ने गरी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा आइपुग्ने गरी पठाउन र परीक्षार्थीले बुझाएको आवेदन फाराम ६ महिनासम्म शिक्षा विकास तथा समन्वय इकाइले नै सुरक्षित राख्नुहुन बोर्डको अनुरोध छ ।
यस्तो छ,तालिका






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |