

सरकारले जोखिम रहेका जिल्ला र क्षेत्रमा मौसम प्रतिकूल अवस्थामा रात्रिकालीन गाडी नचलाउने निर्णय गरेको छ ।
रात्रिकालीन बस सञ्चालनको विषयमा गृह मन्त्रालयले आज यातायात व्यवसायीका प्रतिनिधिसँग छलफल गरी रात्रिकालीन गाडी नचलाउने र यसको कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएपछि गृह मन्त्रालयमा यातायात व्यवसायीसँग छलफल भएको हो ।
उच्च जोखिमका जिल्ला र क्षेत्रका सडकमा धेरै पानी परेको र पहिरो जाने जस्तो सम्भावना भएका ठाउँमा मौसम पूर्वानुमान महाशाखाको तीन दिनको पूर्वानुमानलाई हेरेर रात्रिकालीन बस नचलाउने निर्णय भएको गृह सचिव एकनारायण अर्यालले बताउनुभयो ।
यस्तै यात्रुलाई अनिवार्य टिकट लिएर यात्रा गर्न अनि यसको पालना भएरुनभएको अनुगमन गर्न सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको छ । file photo





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |