

देशभर अहिलेसम्म ६८.६ प्रतिशतमात्र रोपाइँ भएको छ।
धान रोपिने १३ लाख ९८ हजार २७३.७३ हेक्टर क्षेत्रफलमध्ये ९ लाख ५९ हजार ४७६.०२ हेक्टर क्षेत्रफलमा ६८.६ प्रतिशत रोपाइँ भएको कृषि विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका सूचना अधिकारी बलराम रिजालले जानकारी दिनुभयो ।
सुदरपश्चिम प्रदेशमा कुल जमिनमध्ये ९५ प्रतिशतमा धान रोपिएको छ।त्यस्तै धानखेतीको सबैभन्दा कम क्षेत्रफल रहेको कर्णाली प्रदेशमा ८६.२ प्रतिशत रोपाइँ भएको छ।
देशभरमा सबैभन्दा धेरै धानबाली हुने मधेस प्रदेशमा ६१.५ प्रतिशत अर्थात २ लाख ३५ हजार ४७५ हेक्टरमा रोपाइँ भएको छ। लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६४३ हेक्टर जमिनमा रोपाइँ हुने गरेको छ। त्यसमध्ये ६६.७ प्रतिशत अर्थात २ लाख ७ हजार ८३९ हेक्टर जग्गामा रोपाइँ सकिएको छ।
कोसी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टमा रोपाइँ हुने गरेकामा शुक्रबारसम्म त्यसको ६१.७ प्रतिशत अर्थात १ लाख ७० हजार ४५०.६२ हेक्टरमा रोपाइँ सकिएको केन्द्रले जनाएको छ।
बागमती प्रदेशमा ७९ हजार २५८ हेक्टरमा रोपाइँ सकिएको छ। बागमतीमा धान रोपाइँ हुने १ लाख १४ हजार ५६१ हेक्टर जमिनमध्ये ६२.२ प्रतिशत क्षेत्रमा धान रोपिसकिएको हो।
त्यस्तैगरी गण्डकी प्रदेशमा धान रोपाइँ हुने ९६ हजार ५३ हेक्टरमध्ये ६७.४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। गण्डकीमा ६४ हजार ७४६.७ हेक्टरमा धान रोपिसकिएको केन्द्रका सूचना अधिकारी रिजालले जानकारी दिनुभयो





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |