

एसियाली फुटबल महासंघ एएफसीले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार बिहीबार एएफसीले दशरथ रंगशालाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले रंगशालाको संरक्षण गर्न थालेपछि पहिलोपटक एएएफसीले मान्यता दिएको हो।
यसअघि मैदान तयार नहुँदा नेपालले फिफा विश्वकप २०२६ छनोटका खेल गुमाएको थियो। नेपालले बहराइनसँगको खेल बहराइन नै पुगेर खेलेको थियो।
मैदानको दुबो, मैदानको सतह, फ्लड लाइट र सुरक्षाको कारण देखाउँदै एएफसीले जेठमा दशरथ रंगशालामा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो। राखेपले चैतबाटै मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो।
एएफसीका प्रतिनिधिले ९ साउनमा दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन एन्फालाई दिएको हो। अब, २९ साउनमा हुने तय भएको एएफसी च्यालेन्ज लिग छनोट प्रतियोगिता यही मैदानमा हुनेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |