

धादिङ । नीलकण्ठ नगरपालिकाले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ ।
नगरपालिकाले आईतबार एक कार्यक्रमको आयोजना गरी १२७ जना दलित र ११९ जना गरिव तथा जेहेन्दार गरी २४६ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको हो ।
नगरपालिकाको नियमित कार्यक्रम अन्तरगत कक्षा ११ र कक्षा १२ पढ्ने देखी एबिबिएस पढ्ने सम्मका बिद्यार्थीलाई ५ हजार देखी १ लाख सम्म छात्रबृत्ति प्रदान गरिएको नगरपालिकाका स्रोत व्यक्ति मेघनाथ कोइरालाले बागमती कलमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार गरिव तथा जेहेन्दार तर्फ ११९ विद्यार्थीलाई ७ लाख ९६ हजार ५०० र दलित छाबृत्ति तर्फ १२७ जनालाई १२ लाख ७८ हजार गरी कुल २० लाख ७४ हजार ५ सय छात्रवृत्ति प्रदान गरिएको छ ।
गत शैक्षिक सत्रमा अध्ययनरत उनीहरुलाई उक्त छात्रबृत्ति प्रदान गरिएको हो ।
बिधार्थीहरुलाई कक्षासँगै बिधा अनुसार छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनुभयो ।
१ लाख छात्रबृत्ति पाउनेमा मणिपाल पोखरामा अध्ययनरत सुनिल सुनार, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थामा अध्ययनरत प्रकाश मल्ल माले, रेशु बि.क. रहेका छन् भने ५० हजार पाउनेमा कान्तीपुर इन्जिनियरिङ कलेजमा अध्ययनरत कुशल बराईली रहेका छन् ।
नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले छात्रबृत्ति स्वरुप प्रदान गरिएको रकम सहि सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।
नगरपालिकाले चालु शैक्षिक शत्र देखि माध्यामिक सम्मको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिएकोले आगमी बर्षबाट भने उच्च माध्यमिक तहमा अध्ययन गर्ने बिधार्थीलाई मात्र वितरण गरिने बताउनुभयो ।
दलित विद्यार्थीको सूची हेर्न तलको पिडिएफमा क्लिक गर्नुहोस्
Dalit-Student-Bagmati kalam PDF FILE
गरिव तथा जेहेन्दार विद्यार्थीको सूची हेर्न तलको पिडिएफमा क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |