

धादिङ- धादिङको गजुरी गाउँपालिकाका कर्मचारी राजन लामा पक्राउ परेका छन् ।
फेसबुकमा स्टाटस लेख्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले कार्यकर्ताको ज्यान मार्ने धम्कीपूर्ण अभिव्यक्ति दिने तथा गाली गलौच गर्ने लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका अभियुक्त लामामाथि साइबर व्युरो भोटाहिटीमा मुद्दा दर्ता भएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र नेपाल सरकारको बीचमा भइरहेको ‘डेडिकेटेड फिडर’ र ‘ट्रंकलाईन’ महसुल विवाद समाधानको सन्दर्भलाई जोड्दै लामाले फेसबुकमा लेख्नुभएको छ–‘जालझेलको अर्को नाम केपी ओली, ज्यानमारा, हत्यारा, गुण्डा नाइके, भ्रष्टहरुको बा ओली ! होसियार, खबरदार कुलमानलाई हटाए केपीका छाउरेहरुलाई पानीमुनी हामी छोड्ने छैनौं याद राख, ‘केपी ओलीलाई ‘बा’ भन्नेहरुलाई गाउँ अनि समाजदेखि नै सखाप पार्ने जिम्मा चाँहि म आफै लिन्छु ।’
केपी ओली प्रधानमन्त्री नियुक्त भएपछि कुलमान घिसिङलाई अख्तियार लगाएर अपमानजनक बर्हिगमन गर्न खोजेको आरोप लगाउँदै १० वर्षे माओवादी जनयुद्धपछिको दोस्रो जनयुद्ध गरि एक महिनामै केपीलाई बा भन्नेहरुलाई छानी छानी मार्ने उनले स्टाटस मार्फत धम्की दिनुभएको छ ।
प्रधानमन्त्री ओली र एमाले नेता कार्यकर्तालाई नरपिचासको शंज्ञा दिंदै ओलीलाई ‘बा’ भन्नेहरुलाई छानीछानी मार्ने धम्की दिने र पटक पटक फेसबुकमा स्टाटस लेख्दै स्थानीय कार्यकर्तालाई त्रसित गराउन थालेपछि एमाले गजुरी गाउँपालिका कमिटिले दिएको उजुरीको आधारमा पक्राउ गरी नेपाल प्रहरीको साइबर व्युरोले मुद्दा दर्ता गराइएको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।
यता नेकपा एमाले गजुरीले पनि प्रेस विज्ञप्ति प्रकाशन गरि कारबाहीको माग गरेको छ । काट्ने, मार्ने, धम्क्याउने शब्दावली प्रयोग गरि एक महिनादेखि निरन्तर फेसबुक स्टाटस मार्फत धम्की दिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको अंगरक्षकका रुपले चिनिएका गजुरी गाउँपालिका–६ निवासी लामालाई २०८० भदौ १३ गतेदेखि गाउँपालिकाको खेलकुद प्रशिक्षक पदमा नियुक्त गरेर गाउँपालिका अध्यक्षले नै संरक्षण गरिरहेको नेकपा एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारको भनाई छ ।
शक्तिको आडमा सामाजिक संजाल मार्फत नेकपा एमाले विरुद्ध अफवाह फैलाउने र त्यस्को प्रतिवाद गर्ने व्यक्तिलाई ज्यान मार्ने धम्की दिएर लामो समयदेखि आतंक मच्चाउँदै आईरहेको मिजारले बताउनुभयो ।
लामाको व्यवहार गलत भएको बारेमा गजुरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठलाई पटक पटक सचेत गराउदा पनि कारबाहीको सट्टा संरक्षण भएकाले कानूनी उपचारमा जान बाध्य भएको मिजारको भनाई छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |