

धादिङ ।लोकतान्त्रिक आदिबासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले ५० हजार युवाहरुलाई नेतृत्व विकास र समाजिक विकासमा सक्रिय गराईने बताउनुभएको छ ।
बुधबार धादिङबेसीमा लोकतान्त्रिक आदिबासी जनजाती महासंघ बागमति प्रदेशले आयोजना गरेको आदिबासी जनजाती भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै शेर्पाले राजनीतिमा सक्रिय नभएका र केही गर्छु भन्ने युवाहरुलाई संगठित गरेर नेतृत्व विकास र समाजिक विकासमा सक्रिय गराउने बताउनुभएको हो।
युवाहरु नाराजुलुस, धर्ना, नेपाल बन्द जस्तो कार्यमा लाग्न नहुने भन्दै महासंघका अध्यक्ष शेर्पाले राजनीतिक रुपमा सचेत बनाउँदै नेतृत्व विकास गर्ने, सामाजिक सेवा र विकासमा लाग्न प्रेरित गर्ने, जिवन जिउने कलाबारे उत्प्रेरणा दिने तालिम दिने कार्यक्रम रहेको स्पष्ट पार्नुभयो ।
हरेक जिल्लामा एक सय जना १८ देखि ३५ वर्षभित्रका युवा सहभागि भएपछि यस किसिमको तालिम निशुल्क संचालन गर्ने र देशभरका ५० हजार युवालाई एउट विद्युतिय संजाल (वेभ नेटवर्क) मा आवद्ध गरि सकारात्मक रुपमा विकास र समृद्धिमा लगाउने योजना रहेको शेर्पाले बताउनुभयो ।
आदिबासी युवाहरुको स्वयंसेवक बनाउने अभियानको सुरुवात गर्न धादिङबेसीमा गरिएको भेटघाट कार्यक्रमको अवसरमा किरण श्रेष्ठको संयोजकत्वमा राजनीतिक दलको कुनैपनि कमिटीमा नबसेका १५ सदसिय स्वयंसेवक कार्यदल गठन गरिएको लोकतान्त्रिक आदिबासी जनजाती महासंघ बागमतिका अध्यक्ष बासु श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमलाई लोकतान्त्रिक आदीदिबासी जनजाती महासंघका केन्द्रीय उपाध्यषक्ष मिनाकुमारी गुरुङले इमान्दार भनेर परिचय बनाएका आदिबासी जनजाती पार्टीमा संगठित भएर नेतृत्व लिनु पर्नेमा जोड दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |