

धादिङ । त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ७ का रिम्के सार्कीको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ खहरेका ४२ वर्षीय नवराज धरेल र खहरेमा पसल गरि बस्ने नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ पौवाका ३२ वर्षीय भुवन श्रेष्ठलाई पक्राउ गरि ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
खहरे बजारमा जुत्ता सिउने पसल रहेको रिम्के सार्की ०८१ साउन १० गते साँझ मोटरसाईकलको साँचो निहुँमा भएको विवादमा धरेल र श्रेष्ठले छाती र गुप्ताङ्गमा निलडाम हुनेगरि कुटपिट गरि घाईते पारेको अवस्थामा घर पुगेको मृतककी श्रीमती कविता भुजेल सार्कीले बताउनुभएको छ ।
घटनापछि घाईतेले काम गर्न नसकि साउन २१ गते धादिङ अस्पताल लगिएकोमा विरामी गम्भीर भएकोले काठमाडौ रिफर गरेको थियो ।
घटनामा संलग्न धरेलले आफ्नो मानिस टेकु अस्पतालमा छ भनी विरामी तेहि लगेपछि छाती र गुप्ताङ्गको घाउ निलडामको उपचार नगरेको र उनलाई रेबिज लागेको भनेर ईन्जेक्सन दिएका थिए ।
रिम्के सार्कीको साउन २२ गते मृत्यु भएको थियो ।
आरोपितहरुलाई प्रहरीले साउन २७ गते पक्राउ गरि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर हिरासतमा राखिएको प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।
आरोपित धरेलले आफुहरुको कारण विरामी परेको भन्दै रिम्केलाई अस्पताल लानका लागि १२ हजार ५ सय रुपैयाँ समेत नगद दिएर पठाएको श्रीमती कबिताले बताउनुभयो ।
खहरेबजारमा २०८० चैतमा एउटा कुकुरले टोकेको रिम्केलाई सोहि समयमा धादिङ अस्पताल र टेकु अस्पतालमा एण्टीरेबिज सुई दिएको र नियमित काम गर्दै आएको मृतककी श्रीमती कबिताले बताउनुभयो ।
२२ गते मृत्यु भएका श्रीमान रिम्के सार्कीको ज्यान सम्बन्धि मुद्दामा श्रीमती कबिताले साउन २४ गते किटानी जाहेरी दिनुभएको थियो ।
मृतकका श्रीमतीले न्यायका लागि जिल्ला प्रहरी कार्यालय धादिङ र मानवअधिकारकर्मी हरुसंग आग्रह गर्दै न्याय नपाएसम्म शिक्षण अस्पतालबाट शब नउठाउने बताउनुभएको छ ।
अनेकन बहाना गरेर कुटपिटबाट मृत्यु भएका मानिसको उपचार समेत प्रभावित पारिएकोले न्याय मर्न दिन नहुने दलित अधिकारको क्षेत्रमा कार्यरत श्याम मगरातीले बताउनुभयो ।
घाइते भएका मानिसको उपचारमा ल्याउँदा उपचार नगरि छातीमा शरिरमा निलडाम हुँदा समेत त्यसतर्फ उपचार नगरि आरोपितको पक्षमा लागेर बिरामीको मृत्यु भएको स्थानीय मानवअधिकार कार्यकर्ताहरुले बताएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |