

धादिङ । जिल्ला अनुगमन समितिले धादिङबेशीमा बजार अनुगमन शुरु गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालका अनुसार विगतका आर्थिक वर्षमा जस्तै चालु आर्थिक वर्ष २०८१/०८२ मा बजार अनुगमन कार्य शुरु गरिएको हो।
बजारमा भइरहेका गतिविधिहरूलाई निरीक्षण, विश्लेषण, र मूल्याङ्कन गर्ने उद्देश्यले बजार अनुगमन शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो।
बजार अनुगमनका क्रममा बुधबार नीलकण्ठ८ धादिङबेशीस्थित साँघुटार र वडा नं. ३ को पुछारबजारमा रहेका एग्रोभेट र फलफूल पसलको अनुगमन गरिएको उद्योग तथा बाणिज्य कार्यालय धादिङका उद्योग अधिकृत राजेन्द्र कोइरालाले जानकारी दिनुभयो ।
एग्रोभेटहरुको दर्ता नविकरण, विक्रिका लागि राखिएका विषादीहरुको व्यवस्थापन, मूल्यसुचि, म्याद गुज्रिएका सामाग्री र खरीद तथा विक्रि,बिलको अवस्थाका बारेमा अनुमन गरिएको कोइरालाले बताउनुभयो ।
अनुगमनको क्रममा मूल्य सूचि, म्याद गुज्रिएका सामाग्री, नविकरण लगायतमा देखिएका कैफियत सुधार गर्न सुझाव दिइएको बताउनुभयो ।
अनुगमनमा जनस्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, पशुसेवा कार्यालय, नीलकण्ठ नगरपालिकाका प्रतिनिधिहरुको सहभागी थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |