

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको पहलमा गठित वडा अध्यक्ष अक्षयकोषले ४५ जना गरीब बालबालिकालाई विद्यालय सामाग्री वितरण गरेको छ ।
आइतबार नगरपालिका भित्रका विद्यालयहरुमा अध्ययन गर्ने अति विपन्न गरीबहरुलाई किताब, कापी, झोला, जुत्ता विद्यालय पोशाक वितरण गरिएको वडा अध्यक्ष अक्षयकोषका अध्यक्ष (वडा अध्यक्ष) राजकुमार श्रेष्ठले बताउनुभयो ।
कापी, कलम, लुगा, झोला अभावले पढ्नका लागि कठिनाइ भोग्दै आएकाहरुलाई बालबालिकालाई एक समारोहका बिच सामाग्री वितरण गरिएपछि बालबालिका खुसी भएका छन् ।
नीलकण्ठ नगरपालिका वडा नम्बर २ तिनघरेको अन्नपूर्ण आधारभुत विद्यालयमा अति कठिनसंग अध्यायन गरिरहेका ७ जनालाई सो अबसरमा विद्यालय पोशाक, कापी, कलम, जुत्ता समेतको सामाग्री उपलब्ध गराईएको छ ।
बाबुले एकवर्षअघि आत्महत्या गरेको र आमा परिवार पाल्न कुबेत गएपछि ७५ वर्षीया हजुरआमासंग बस्दै आएका ३ बालबालिका सहित ७ जनालाई वडा अध्यक्ष अक्षयकोषले सामाग्री उपलब्ध गराएको छ ।
विद्यालयले खाने खाजाको लागि विद्यालय आउने कक्षा १ का ६ वर्षीय रामशरण मिजार, उनका दाई ७ वर्षीय राजेन्द्र मिजार र ९ वर्षीया पार्वती मिजार च्याचिएको लुगामा विल्यालय आउन बाध्य थिए ।
उनिहरु जस्तै ७ वर्षीय रबिन सुनार, ११ वर्षीया इन्दिरा मिजार, ९ वर्षीया संजिता मिजार र ५ वर्षीया अनुस्का सुनारलाई वडा अध्यक्ष अक्षयकोषले अत्यावस्यक सामाग्री उपलब्ध गराएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |