

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफू अप्ठ्यारो अवस्थामा मन्त्रालयमा आइपुगेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले कर्मचारी समायोजनको समस्याले एक महिनासम्म राम्ररी काम गर्न नसकिएको भन्दै आफू अप्ठ्यारो अवस्थामा मन्त्रालयमा आइपुगेको बताउनुभएको हो ।
मन्त्रीमा पद बहाली भएपछि २५ करोड रुपैयाँ दूध किसानको हातमा गइसकेको बताउँदै अधिकारीले डेढ अरब रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको बताउनुभयो।
उहाँले भन्नुभयो,‘६५ रुपैयाँमा किनेको दूध ९५, ९८ र १०० रुपैयाँ लिटरमा बिक्री गरेर बीचमा ३० रुपैयाँ पनि लिने, त्यसको मख्खन पनि झिक्ने अनि किसानलाई चाहिं पैसा छैन भनेर नदिने,यस्तो मुलुक अन्त कतै पाइएला।’
कृषि मन्त्रालयले पछिल्लो २/५ वर्षको बीचमा अरबौं रुपैयाँ अनुदान दिएको,२०/२५ लाखको कुरा होइन, ठूला अनुदान लिनेको जरोकिलो केही पनि नभएको भन्दै यो खोजी गरेर सार्वजनिक हुने बताउनुभयो ।
ठूलो परिमाणमा अनुदान लग्नेहरूको कुनै काम नदेखिएको बताउनुभयो ।
मन्त्री अधिकारीले ‘मन्त्रालयमा अप्ठ्यारा छन्, उखु किसानलाई गत वर्षको भुक्तानी दिन नसक्ने हो भने दशैंको बेलामा जुलुस निस्कँदैछ । त्यो पनि जानकारी छ,’भन्नुभयो। filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |