

धादिङ । धादिङका डेनिड विक सहित ९ जना खेलाडी तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय श्रृङ्खलामा सहभागी हुन मकाउ गएका छन् ।
भदौ ८ र ९ गते हुने प्रतियोगिताको लागि ९ जना खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बिहिबार मकाउ गएका हुन् ।
प्रतियोगितामा धादिङको सिद्धलेक गाउँपालिका २ नलाङका डेनिड विकले पुरुष ६८ केजीमुनिमा प्रतिस्पर्धा गर्ने छन् ।
विभिन्न आधा दर्जन भन्दा बढी अन्तराष्ट्रिय र दर्जन भन्दा बढी राष्ट्रिय स्तरका प्रतियोगिता खेली सकेका डेनिड धादिङ तेक्वान्दो संघका कोषाध्यक्ष एवम धादिङका तेक्वान्दोका प्रशिक्षक समेत हुनुहुन्छ ।
डेनिडलाई बिहिबार मकाउ प्रस्थान गर्नु पूर्व राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख रमेशमान तुलाधरले सफलताको शुभकामना सहित विधाई गर्नुभएको थियो ।
उक्त तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय श्रृङ्खलामा नेपालबाट पुरुष ६८ केजीमुनिमा विमल रोकाया, ८० केजीमुनि सुरज कार्की, ३६ केजीमुनि असिम श्रेष्ठ तथा ४७ केजीमुनि र एकल पुम्सेमा प्रबलविक्रम बानियाँले प्रतिस्पर्धा गर्ने छन् ।
महिलाको एकल पुम्सेमा मुना खवास मगर, ४२ केजीमुनि विनिशा प्रधान, ५५ केजीमुनि अन्जली लामा र एकल पुम्सेमा अनुजा राईले खेल्ने छन् ।
टिम व्यवस्थापकमा अमरबहादुर श्रेष्ठ र निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायक कुमार लामा घिसिङ रहेका छन् ।
मकाउमा रहेका ओमप्रकाश खड्काले ८७ केजीमुनि तथा हङकङमा रहेका नोबेल गुरुङले ४८ केजीमुनि यही प्रतियोगितामा सहभागिता जनाउने र टोली प्रमुखमा मकाउमै रहेका नेत्रबहादुर तिमल्सिना रहनुभएको निर्णायक कुमार लामा घिसिङले बताउनुभयो । तस्बिर :सामाजिक सञ्जाल





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |