

धादिङबेसी । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
शुक्रबार धादिङबेसीमा भएको जिल्ला स्तरीय बार्षिक सामाजिक परिक्षण तथा २३ औं बार्षिक साधारण सभामा संस्थाको गत आर्थिक बर्ष ०८०/०८१ को आर्थिक तथा प्रगति विवरणको समिक्षा गरिएको थियो ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले आ.व. २०८०/०८१ मा भए गरेका गतिविधिहरु सहितको बार्षिक प्रगति प्रस्तुत गर्नु भएको थियो ।

साधारणसभाले संस्थाको आगामी आ.व.०८१/०८२ को लागि निति, कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ ।सामाजिक लेखापरिक्षणमा बिद्यालय, बालक्लब, बाल विकास सहजकर्ता, अभिभावकहरु लगायत बिभिन्न क्षेत्रमा सरोकारवालाहरु,वडाध्यक्षहरुले संस्थाले गरेका कामको प्रशंशा, सुझाव तथा सल्लाह दिएका थिए ।
साधारणसभामा संस्थालाई श्रोत खोजी तथा सूचना जानकारी र दस्तावेज लेखनमा सहयोग गर्ने नविन महर्जन, फिल्ड कर्मचारी मध्येबाट फिल्ड कार्यक्रम अधिकृत मध्येबाट सुरज श्रेष्ठ र लेखापाल राजन रिजाल र उत्कृष्ट सदस्य सम्मानबाट राम प्रसाद रिजाल सम्मनित हुनु भएको रेष्टन कंडेलले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष विर बहादुर श्रेष्ठकोे अध्यक्षतामा भएको साधारणसभामा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान बिश्वकर्मा, बेनीघाट रोराङका गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक), गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल, सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्याल, गैसस जिल्ला अध्यक्ष शालिकराम दुवाडी,जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्र, शिक्षा विकास तथा समन्वय ईकाईका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठ, चाईल्ड फण्ड जापानका एरिया मेनेजर दल बहादुर सुनार, आड्रा नेपालका कार्यक्रम अधिकृत दिलिप चन्द्र ढकाल र जिल्लामा कार्यरत स्थानीय गैरसरकारी संस्थाका प्रतिनिधिहरु लगाएतको आतिथ्यता रहेको थियो ।

प्रयास नेपाल धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा धादिङ जिल्लाको ११ गाउँपालिका र २ नगरपालिहरुमा शिक्षा,संरक्षण ,लैगिक तथा सामाजिक समावेशीकरण, उद्यमशीलता,जलवायु अनुकूलन,संस्थागत सूसासन बिषयगत क्षेत्रमा रहि सामुदायिक विकास कार्य गर्दै आईरहेको प्रयास नेपालका संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाले जानकारी दिनुभयो।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |