

धादिङ । मकाउमा सम्पन्न तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय श्रृङ्खलामा नेपाली खेलाडीले एक स्वर्णसहित नौ पदक जितेको छ।प्रतियोगितामा नेपालका लागि धादिङका डेनिड विकले स्वर्ण पदक जित्नुभयो ।वि.कले ह्याण्ड ब्रेकिङमा स्वर्ण पदक जित्नुभएको हो ।

धादिङको सिद्धलेक गाउँपालिका २ नलाङका विकले विभिन्न आधा दर्जन भन्दा बढी अन्तराष्ट्रिय र दर्जन भन्दा बढी राष्ट्रिय स्तरका प्रतियोगिता खेली सक्नुभएको छ ।
डेनिड धादिङ तेक्वान्दो संघका कोषाध्यक्ष एवम धादिङका तेक्वान्दोका प्रशिक्षक समेत हुनुहुन्छ ।
यसैगरी उक्त तेक्वान्दो श्रृङ्खलामा पुरुष ८० केजीमुनिमा सुरज कार्कीले सिल्भर मेडल, ६८ केजीमुनिमा बिमल रोकायाले सिल्भर मेडल, ४९ केजीमुनिमा प्रवल विक्रम बाँनियाले थर्ड मेडल, ४९ केजीमुनिमा नोवेल गुरुङले थर्ड मेडल,३६ केजीमुनिमा असिम श्रेष्ठले सिल्भर मेडलसँगै बेष्ट प्लेयर अवार्ड जित्नुभएको छ ।
त्यस्तै महिला एकल पुम्सेमा अनुजा राई थर्ड सिनियर, महिलाको ७३ केजीमुनिको पुम्सेमा मुना खवास मगरले सिल्भर मेडल र ५३ केजीमुनिको पुम्सेमा अञ्जली लामाले सिल्भर मेडल जित्नुभएको छ।
नेपालका तर्फबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
दुई खेलाडी पदक विहिन बने। शनिवारदेखि सुरु भएको सो खेल दुई दिनसम्म चलेको थियो।प्रतियोथितामा हङकङ मलेशिया सिंगापुर चाईना मकाउ कोरियाका खेलाडी सहभागी थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |