

नेकपा एकीकृत समाजवादीको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन हुनुभएको छ । अन्य पदाधिकारी छान्न भने चुनाव गरिरहेको छ ।
कुल १८ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्यका लागि मतदान भइरहेको जनाइएको छ ।
थप १७ जना पदाधिकारीमध्ये महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्तीदेवी राई चुनावी मैदानमा छन् भने मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद साह र रामचन्द्र झा मैदानमा छन् ।
यस्तै ४ जना खुला उपाध्यक्षका लागि ११ जना चुनावी मैदानमा छन् । जसमा ललितबहादुर बस्नेत, गंगालाल तुलाधर, भानुभक्त जैसी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा र बलराम प्रसाद बास्कोटा छन् ।
त्यस्तै चार जना उपमहासचिव पदक लागि १९ जना प्रतिस्पर्धामा छन् । जसमा लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई महेश रेग्मी, देउमान सम्वाहाम्फे, नागेन्द्रप्रसाद चौधरी, मेटमणि चौधरी, अम्मरबहादुर थापा, राजेन्द्रकुमार राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, गरिमा शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा विष्ट र भवानी खड्का रहेका छन् ।
यस्तै दलितर्फको सचिवमा निरादेवी जैरु, गणेशबहादुर विश्वकर्मा र कृष्णबहादुर नेपाली प्रतिस्पर्धामा छन् । यस्तै आदिवासी जनजाती समुदायबाट बलदेव चौधरी, राजन राई र टोकबहादुर तामाङ चुनावी मैदानमा छन् ।
त्यसैगरी पाँच खुल्ला सचिव पदमा २६ जनाको उम्मेदवारी परेको छ भने १०५ पोलिटब्युरो सदस्यका लागि २०३ जनाको उम्मेदवारी परेको छ ।
यसअघि असारमा सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत चयन गरेको थियो । त्यसबेला ९३ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत छानिएका थिए । त्यसपछि बसेको केन्द्रीय समिति बैठकले ३४४ केन्द्रीय सदस्य पुर्याएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |