

तावल ।धादिङको गगाजमुना गाउँपालिका वडा नं २ तावलमा २ दिने समुह बचत तथा लेखा व्यवस्थापन तालिम शुरु भएको छ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा गगाजमुना गाउँपालिकाको समन्वयमा संचालनमा गरेको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना कार्यक्रम अन्तरगत गठित समुहका पदाधिकारीहरुको लागि बुधबारबाट तालिम शुरु भएको हो।
तालिममा २२ जना सहभागी छन्।

तालिममा समुहमा बचतको महत्त्व, बचत संकलन, आम्दानी र खर्च अभिलेख, ऋण लगानी, पासबुक, बचत तथा ऋण परिचालन सम्बन्धि निति, नियम, समुहका पदाधिकारीहरुको काम, कर्तव्य , अधिकार, घुम्ती कोष परिचालन र बित्तिय सारक्षरता लगायतका बिषयमा सहजकर्ता सन्तोष सन्त्यालले सहजिकरण गर्नुभएको छ।

कार्यक्रममा प्रयास नेपाल धादिङ र परियोजनाको लक्ष्य, उद्देश्य, संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपालका लैगिक एसोसिएट शर्मिला गुरुङ तथा आड्रा नेपालको संस्थागत र परियोजना संचालनका बारेमा आड्रा नेपालका परियोजना अधिकृत दिलिपचन्द्र ढकालले जानकारी गराउनु भएको थियोे ।

कृषकको क्षमता विकास, जलवायु कृषक पाठशाला, प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने र बजारीकरणमा सहयोग गर्ने उद्देश्यले गंगाजमुना र खनियावासमा उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका फिल्ड संयोजक पवन प्याकुरेलले बताउनुभयो ।

गंगाजमुना गाउँपालिकामा ४८ वटा कृषक समुहहरु मार्फत परियोजनाले कृषि तथा पशुपालन लैगिक तथा समावेशीकरणको क्षेत्रमा केन्द्रित रहि कार्य गरिरहेको रि गाउँको तावलबाट निशानी तामाङले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |