

धादिङ । गजुरी गाउँपालिका–१ गजुरी बजारबाट २१ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
विशेष सुराकीको आधारमा मंगलबार राती गजुरी गाउँपालिका–८ पाखुरेका ४३ वर्षीय भक्तबहादुर तामाङ र २७ वर्षीय रमेश तामाङलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
बुटवलतर्फ जान लागेको गाडीलाई चेकजाँच गर्नेक्रममा उक्त गाँजा फेला पारी पक्राउ गरिएको पाण्डेले बताउनुभयो ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत धादिङबाट सात दिन म्याद लिई थप अनुसन्धान भईरहेको पाण्डेले जानकारी दिनुभयो। तस्विर:शंकर श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |