

कृषि तथा पशुपक्षी विकामन्त्री रामनाथ अधिकारीले किसान सूचीकरणको काम यसै वर्षभित्र सक्ने गरी काम अगाडि बढाएको बताउनुभएको छ।
प्रदेश सरकारका कृषिमन्त्रीसँगको छलफलका क्रममा मन्त्री अधिकारीले कृषि मन्त्रालयले किसान सूचीकरणको काम यसै वर्षभित्र सक्ने गरी काम अगाडि बढाएको बताउनुभयो ।
यस वर्षभित्रै सूचीकरण र वर्गीकरणसहित वितरणको प्रक्रिया पनि शुरू गर्ने योजना रहेको उहाँको भनाइ छ ।
किसान सूचीकरणलाई सहयोग गर्न मन्त्री अधिकारीले सातै प्रदेशका कृषिमन्त्री र सात सय ५३ वटै पालिकालाई आग्रह गर्नुभयो।
सरकारले बाली बीमाका प्रवर्द्धनात्मक तथा सचेतनामूलक काम अघि बढाउने भएको छ ।
बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरेको सरकारले बाली बीमालाई विशेष प्राथमिकता दिएर व्यवस्थित गर्दै लैजाने बताउनुभयो ।
अनुदानको विषयमा मन्त्रालयमाथि आरोप लाग्दै आएकोमा अब पालिका र प्रदेश सरकारसँग समन्वय गरी एउटा संयन्त्र बनाउने र संयन्त्रमार्फत अनुदानको व्यवस्थापन गर्ने उद्देश्य रहेको मन्त्री अधिकारीले बताउनुभयो ।
उहाँले लगानी दशकको सफलताका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |