

बागलुङको बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र त्यही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको हो ।
गएराति बान्द्रे खोलाको बाढीले ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरलाई बगाएको हो ।
बागलुङ नगरपालिका–४ बान्द्रेका २० वर्षीय कमल सापकोटा बेपत्ता हुनुहुन्छ । उहाँको खोजी भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |