

धादिङ । धादिङमा यस वर्षको लाखे जात्रा सम्पन्न भएको छ ।
सदरमुकाम धादिङबेशीमा भाद्र ३ गतेदेखी सुरु भएको परम्परागत लाखे जात्रा आज समापन भएको हो।
झिंगु नेवाः समाज धादिङले कला, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्ने र पछिल्लो पुस्तामा पुर्याउने उद्देश्यसहित आयोजना गरेको जात्राको आज नीलकण्ठ–३ बिचबजार चोकस्थित गणेश मन्दिरमा लाखेको विधिवत पुजा गरी जात्राको समापन गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बागमती कलमलाई बताउनुभयो ।
नेवार संस्कृतिमध्ये वर्षे नाच अन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिनदेखि तीजसम्म लाखे नाच देखाउने गरिन्छ ।
मन्दिरमा विधिवत् पूजागरी लाखेमा प्रयोग हुने ढोल, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीको समेत पूजागरी जात्रा सुरु गरिएको थियो ।
हरेक वर्ष जनैपूर्णीमा (रक्षाबन्धन)को दिन देखी तिजको भोलिपल्टसम्म चल्ने परम्परागत लाखे जात्रामा आज भगवान श्रीकृष्णले दानवीय स्वरुपको लाखेलाई बध गरेसँगै अन्त्य भएको हो ।
लाखेसँग भएको भीषण लडाइँमा भगवान् श्रीकृष्ले हत्या गरेको दृष्य हेर्नेको भिड रहेको थियो ।
विशेषगरी नेवार समुदायको परम्परागत संस्कार र संस्कृतिसँग प्रत्यक्ष रूपमा जोडिएको यो पर्व धादिङलगायत नेवार समुदाय भएको जिल्लामा मनाइन्छ।
यो जात्रा मुख्य रूपमा नेवार समुदायसँग सम्बन्धित भए पनि यसको सांस्कृतिक महत्व सम्पूर्ण नेपाली समाजका लागि महत्वपूर्ण छ।
नेवार समुदायले लाखे जात्रालाई आस्थाका पर्वका रूपमा मनाउँछन्।
हेर्नुहोस् जात्रा समापनको भिडियो
तस्विरहरु हेर्नुहोस्





















आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |