

धादिङ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ धादिङको अध्यक्षमा सुनिल तामाङ चयन हुनुभएको छ ।
मंगलबार धादिङबेशीमा सम्पन्न नवौं जिल्ला अधिवेशनले तामाङको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
अध्यक्षमा चयन हुनु भएका तामाङ यसअघिको कार्य समितिमा जिल्ला अध्यक्ष कमल सिलवाल केन्द्रिय सदस्यमा निवार्चित भएपछि कार्यवाहक हुनुहुन्थ्यो ।
नयाँ कार्य समितिको उपाध्यक्षमा किरण पाठक, सचिवमा गुनु लामा, सहसचिवमा राजु तामाङ र गणेशलाल श्रेष्ठ, कोषाध्यक्षमा सुमन अधिकारी र युथफोर्स बिभाग प्रमुखमा निशान बिशुराल चय हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिजथेवेले मार्क्सवादी चिन्तन र दृष्ट्रिकोण लिएर युवा अघि बढ्नुपर्ने बताउनुुभएको छ ।
थेवेले सामाजिक न्याय प्राप्तिका लागि सँधै युवाहरु लाग्नुपर्ने बताउनुुभयो ।युवाहरुको यात्रा सहि हुनका लागि बुुझाइ र दृष्ट्रिकोण सही हुनुपर्ने भएकोले राष्ट्रिय युवा संघमा आवद्ध हुन आग्रह गर्नुभयो ।
कार्यक्रममाराष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष अमित लामा, महाराज गुरुङ, महासचिव सुमन पुरी, नेकपा एमाले धादिङका उपाध्यक्ष अर्जुन गोर्खाली, सचिव राधिका सापकोटा युवा संघ धादिङका पूर्व अध्यक्ष दिपक खतिवडा लगायतले शुुभकामना व्यक्त गर्नुभएको राष्ट्रिय युवा संघ धादिङका निवर्तमान सचिव हरीशरण जम्कट्टेलले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |