

धादिङ । धादिङमा १४ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा एक भारतीय नागरिकलाई १२ वर्ष कैद सजायको फैसला गरिएको छ ।
भारतका ४० वर्षीय संजयकुमार प्रसादलाई १२ वर्ष कैद सजायसँगै ५ लाख जरिवाना गर्न र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिन फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
अदालतले कसुरदारको ठेगाना बेनिघाट रोराङ गाउँपालिका–७ उल्लेख गरेको छ ।
जिल्ला न्यायधिस मनकुमारी जिएम विकले ०८१ भदौ २५ गते सो फैसला गर्नुभएको हो ।
कसुरदारले ०८० बैशाख १ गते बालिका बलातकार गरेको भन्दै पीडित परिवारले ०८० बैशाख २८ गते इलाका प्रहरी कार्यालय गजुरीमा मुद्दा दर्ता भएको थियो ।
पीडितको बैशाख २८ गते नै धादिङ अस्पतालमा स्वास्थ्य परिषण भएको थियो ।
तत्कालिन अवस्थामा फरार भएका कसुरदार ०८१ बेशाख २ गते प्रहरीले गिरफ्तारकोमा बैशाख १६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरि बैशाख १७ गतेदेखि पुरपक्षका लाथि थुनामा थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |