

धादिङ । जिल्ला अदालत धादिङले बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ।
न्यायाधीश गोपालप्रसाद बास्तोलाको भदौ ३१ गतेको इजलासले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई ८ वर्ष ८ महिना कैद गरी ३ लाख ४१ हजार १ रुपैयाँ जरिबाना गर्ने फैसला गरेको हो ।
उक्त जरिवाना बापतको रकम पीडितलाई क्षतिपूर्ति दिन भनिएको छ ।
पीडितलाई दिनुपर्ने रकम अदालतमा ३ महिनाभित्र नगद जम्मा गरेमा कसुरदारलाई चार वर्ष मात्र कैद गर्न र बाँकी कैद स्थगन गर्नका लागि फैसला भएको जिल्ला अदालतकी सूचना अधिकारी कविता प्रजापतिले जानकारी दिनुभयो ।
पीडितलाई ०८१ जेठ २१ गते बलात्कार गरेको भन्दै उजुरी परेपछि साउन ११ गते बालकलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतमा साउन १७ गते दर्ता भएको मुद्दाका कसुरदारलाई साउन १८ गतेको जिल्ला अदालतको आदेशले बालसुधार गृह पठाएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |