

काठमाडौं । २० औं एसिया सिनियर करातें च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले रजत पदक जितेकी छन् ।
चीनको हाङ्जाउमा आज भएको ६८ केजी माथि तौल समुहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित भएसँगै नेपालकी एरिका गुरुङ रजत पदकमा सीमित भईन् ।
एरिकाले प्राप्त गरेको रजत पदक पनि नेपालका लागि ऐतिहासिक पदक हो ।
एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो ।अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर च्याम्पियनसिपमा पदक जित्न सकेका थिएनन् ।
प्रि क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरियन्ने ब्रिटोलाई ४–० ले पराजित गरेकी एरिकाले क्वाटरफाइनलमा सोफिया बेरुल्टसेभालाई हराएकी थिईन् ।
१९औं एसियन गेम्समा उनैसँग पराजित हुँदै रजतमा चित्त बुझाएकी एरिकाले उनै खेलाडीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेकी थिइन् ।
उनले सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० ले हराउँदै फाइनलमा स्थान बनाउँदै फाइनल पुगेकी थिइन्।
धादिङको नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिकाले गत बर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी थिईन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |