

धादिङ । सिद्धलेक गाउँपालिकामा आजदेखी सप्ताहव्यापी रेविज बिरूद्वको खोप अभियान सुरु हुँदै छ ।
विश्व रेविज दिवस २०२४ को अवसरमा “अवरोध हटाऔं, रेबिज उन्मूलन गरौं” भन्ने नाराका साथ आजदेखी असोज १२ गते सम्म अभियान सञ्चालन गरिने गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले जानकारी दिनुभयो ।
अभियान अन्तरगत आज पहिलो दिन वडा नं १ र २ को कालीदह, बैरेनी, खिर्रे, ठाँटी लगाएतको क्षेत्रमा कुकुर र बिरालोलाई निशुल्क खोप लगाईने गाउँपालिकाका पशु चिकित्सक डा.चक्र वलीले बताउनुभयो ।
त्यस्तै असोज ८ वडा नं ३ र ४ को कमलावारी, ईटपानी, मैदान लगाएतको क्षेत्र, असोज ९ गते वडा नं ५ को बाघवच्छला, बुङचुङ लगाएतको क्षेत्र, १० गते परेवाटार, माझीटार सहित वडा नं ६ को क्षेत्र र ११ गते आदमटार, पिपलटार सहित वडा नं ७ को क्षेत्रमा अभियान सञ्चालन हुने डा.वलीले बताउनुभयो ।
असोज १२ गते भने पालिकाको छुट भएका क्षेत्रहरुमा सञ्चालन गरिने उहाँको भनाई छ ।
खोपको लागि रामशरण अधिकारी (९८६५५०४२१४), सन्तोष श्रेष्ठ(९८६०५१८०८५) साथै सम्बन्धित वडा अध्यक्ष र पशु सेवा शाखाका अन्य कर्मचारीलाई सम्पर्क गरी समन्वय गर्न सकिने पशु चिकित्सक डा.वलीले बताउनुभयो ।
विश्व रेविज दिवस हरेक वर्ष सेप्टेम्बर २८ का दिन वैज्ञानिक लुइस पाश्चरको मृत्यु दिवसमा मनाइन्छ ।
जसअन्तर्गत यस रोगबाट हुने लक्षणहरू रोक्न र यस रोगको नियन्त्रण र उन्मूलन गर्न विश्वभरका पशु चिकित्सकहरूद्वारा सचेतना तथा खोप अभियानहरू सञ्चालन गरिन्छ ।
रेबिज जनावरबाट सर्ने रोगहरु मध्ये एक धेरै महत्वपूर्ण र घातक रोग हो यसलाई हाइड्रोफोबिया, हाइड्रोफोबिया र हडकिया रोगको नामले पनि चिनिन्छ।
रेबिज एक धेरै महत्वपूर्ण जुनोटिक रोग हो जुन बिरामी जनावरले स्वस्थ जनावर वा मानिसको घाउलाई टोक्दा वा चाट्दा सर्छ। यो रोग मुख्यतः पागल कुकुर, स्याल, मुंगुस, बिरालो र बाँदरको टोकाइबाट सर्ने गर्छ ।
कहिले कहाँ हेर्नुहोस् विवरण






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |