

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाडाँमा पहिरोमा पुरिएर बेपत्ता भएका २ जनाको खोजी कार्य जारी रहेको छ।
शुक्रबार नदीमा माछा मार्न जान लागेका बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएका थिए ।
उनिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले बागमती कलमलाई जानकारी दिनुभयो ।
बेपत्ता दुई जना शुक्रबार दिउँसो निरन्तरको वर्षाका कारण गुम्बाडाडाँमा रहेको ओडारमा बस्दा पहिरो खसेर पुरिएको प्रहरी निरीक्षक सिलवालले बताउनुभयो।
खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी परिचालित रहेको प्रहरी निरीक्षक सिलवालले बताउनुभयो।
यसैगरि गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाले बगाएर बेपत्ता भएकी बालिकाको पनि खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक सिलवालले बताउनुभयो।
बेपत्ता बालिका गजुरी गाउँपालिका ८ कि ६ वर्षीया युना तामाङ हुन्।
शुक्रबार दिउँसो पानी परिरहेकोले एकजना स्थानियले मोटरसाईकलमा घरतिर लाँदै गर्दा खोलाले बगाएको स्थानिय योगेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
गाउँमा भाडामा घर लगिदिने क्रममा तिन जनालाई बगाएकोमा बालिकाको आमा र मोटरसाईकल चालक भने खोलाबाट निस्केका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |