

धादिङ । त्रिभुवन राजपथ अन्तरगत खत्रीपौवामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ ।
धादिङ र काठमाडौको सिमाक्षेत्रमा पर्ने खत्रीपौवामा शनिबार विहान पहिरोले पुरिएको बसबाट दुई वटा शव निकालिएको उद्दारमा संलग्न युवा संघ नेपाल धादिङका अध्यक्ष सुनिल तामाङले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएको तीन वटा सवारी मध्ये बुटवलबाट काठमाडौ आउदै गरेको बसबाट एक महिला र एक पुरुषको शव निकालिएको तामाङले बताउनुभयो ।
पहिरो झरेको क्षेत्रमा मोबाइलको नेटवर्कमा पनि समस्या आएको र दिनभर उद्दारमा खटिएका सुरक्षाकर्मीहरुको पनि मोबाइलमा सम्पर्क हुन सकेको छैन ।
बसमा चालकसहित १२ जना रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले बताउनुभयो ।
गाडीका धनीसंगको कुराकानीमा बुटवलबाट १२ जना र नारायणगढबाट एक जना यात्रु चढेका थिए ।
उनीहरु कोहिपनि सम्पर्कमा नभएको बसधनीलाई उदृत गर्दै प्रहरी निरीक्षक सिलवालले बताउनुभएको छ ।
अहिले ६ वटा डोजरले पहिरो पन्छाउने काम गरिरहेको छ ।
बिहिबारदेखीको निरन्तरको वर्षा, पहिरो र लेदो माटोले क्षतविक्षत भएको देशको मुख्य राजमार्गहरुमा अहिले सवारी आवागमन ठप्प छ ।
पूर्व पश्चिमका जिल्लाहरुबाट राजधानी काठमाडौं प्रवेश गर्ने नौबिसे नागढुंगा सडक बिहिबार साँझदेखि अवरुद्ध छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |