

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले यात्राका क्रममा रोकिएका यात्रुलाई खाद्यपदार्थको अधिक मूल्य नलिन व्यवसायीहरुलाई अनुरोध गरेको छ ।
पृथ्वीलोकमार्ग लगायत अन्य सडकहरु अवरुद्ध भई यात्रा गरेका यात्रुहरु बाटोमै रोकिएको कारण सो स्थानमा यात्रुहरुलाई खाना, खाजा, पानी लगायतका खाद्यपदार्थहरुको अधिक मूल्य नलिन व्यवसायीहरुलाई प्रशासनले अनुरोध गरेको हो ।
शनिबार एक सूचना जारी गर्दै प्रशासनले सो अनुरोध गरेको हो ।
यदि खाद्यपदार्थहरुको अधिक मूल्य लिएको पाइएमा कानून बमोजिम कारवाही गरिने सूचनामा भनिएको छ ।
बिहिबारदेखीको लगातारको बर्षाको कारण धादिङ जिल्लामा पनि नदी तथा खोलाहरुमा जल सतहले खतराको तह पार गरेको तथा नदी÷खोलाहरुको वहाव अझै बढ्न सक्ने सम्भावना रहेको हुँदा नदी/खोला किनारा, पुल पुलेसा तथा वरिपरीको सडकमा अत्यावश्यक वाहेक आवत जावत नगर्न तथा अन्य क्रियाकलाप नगर्न/नगराउन अनुरोध छ,सूचनामा उल्लेख गरिएको छ ।
साथै पृथ्वीलोकमार्ग लगायत जिल्लाका अधिकांश सडकहरुमा पहिरोको कारण अवरुद्ध भएकोले सो मार्ग भएर यात्रा नगर्नु हुन पनि अनुरोध गरिएको छ ।
गाडी रोकिएका स्थानहरुमा यात्रुहरुलाई खाजा पानी लगायतको समस्या भएमा वा कुनै विपतजन्य घटना भएमा नजिकको प्रहरी कार्यालय, स्थानिय तह वा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको फोन नं. ०१०-५२१४६४ मा सम्पर्क गरी जानकारी गराउनुहुन पनि अनुरोध गरिएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |