

काठमाडौं । त्रिभुवन राजपथ अन्तरगत खत्रीपौवामा पहिरोले पुरिएको माइक्रो र बसबाट १४ जनाको शव निकालिएको छ ।
धादिङ र काठमाडौको सिमाक्षेत्रमा पर्ने खत्रीपौवामा शनिबार बिहान पहिरो जाँदा बस र माइक्रोबसहरु पुरिएका थिए ।
त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको अधिकारीले बताउनुभयो ।
ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।
पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा खोजी गरिरहेको प्रहरीले जनाएको छ ।उक्त घटनाको थप विवरण आउन बाँकी रहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |