

धादिङ । धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलाको पहिरोमा पुरिएका सवारीबाट निकालिएको १४ जनाको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगंज लगिएको छ ।
पहिरोमा पुरिएको सवारी मध्ये बुटवलबाट काठमाडौ आउदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट पाँच जना महिला, अन्दाजी १८ महिनाको एक बालक र आठ जना पुरुषको शव निकालिएको उद्दारमा खटिनुभएका धुनिवेसी नगरपालिका–९ का वडा अध्यक्ष माधव सिलवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबै शव माइक्रोबसबाट नै निकालिएको हो ।
पहिरोमा दुई वटा बस अगाडि र भित्तापट्टीको भाग पुरिएको अवस्थामा रहेको तर बसभित्र यात्रु नभेटिएको वडा अध्यक्ष सिलवालले बताउनुभयो ।
माइक्रोबस धनीसंगको कुराकानीका अनुसार मृत्यु हुनेमा बुटवलबाट १२ जना र नारायणगढबाट चढेका एक जना गरि १३ जना यात्रु र एक जना चालक हुन् ।
तर, पहिरोमा डुबिरहेको बसको चालक पनि सम्पर्कमा नरहेको कारण सबै शव माइक्रोबसकै यात्रुको भएको यकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताउनुभयो ।
काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा शनिबार बिहान करिब २ बजेको आसपासमा ठूलो पहिरो खसेको स्थानीयको भनाई छ ।
त्यतिबेला नै माइक्रोबस (विंगर भ्यान) पहिरोमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।
माइक्रोलाई गएराती पहिरोबाट बाहिर निकालिएपनि पहिरोमा फसेका अन्य दुई वटा बसको उद्धार भने केहिबेरमा थालिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सुचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनुभयो।
¥याकर र डोजरको सहायतामा उद्दार सुरु गरिने सिलवालले बताउनुभयो ।
निरन्तरको वर्षा, पहिरो र लेदो माटोले क्षतविक्षत पृथ्वी राजमार्गको नौबिसे मुग्लिन बिहिबार साँझदेखि अवरुद्ध रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |