

धादिङ । त्रिभुवन राजपथ अन्तरगत धुनिबेसी नगरपालिका-९ झ्याप्लेखोलाको पहिरोमा थप ३ वटा शव भेटिएको छ।
उद्धारमा सलग्न साेही स्थानका जनप्रतिनिधि विक्रमजंग रानाले एउटा बस र ३ शब निकालिएकाे जानकारी दिनुभयाे।
शवको पहिचान नभएको नागढुंगाका डीएसपी सूर्य सुवेदीले बताउनुभयो।
गोरखाबाट शुक्रबार बिहान छुटेको बस हुन सक्ने आशंका गरिएको भए पनि पुष्टि भने भइसकेको छैन।
शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको छ।
उक्त बस नै झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ।झ्याप्लेखाेलामा हालसम्म १७ शव निकालिएकाे छ ।
१४ शव शनिबार नै निकालिएकाे धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिनुभयो।
पहिरो पुरिएको सवारी निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |