Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

३ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१५ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१५ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१६ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१६ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१६ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१७ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

श्रीमानले गरे श्रीमतीको हत्या

३ घण्टा अघि

धादिङ झ्याप्लेखोला पहिरो: सडकको लापरबाहीले ३९ जनाको ज्यान गयो

  • बागमती कलम
  • ६२७ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ आश्विन १४, सोमबार (१ साल अघि)
धादिङ झ्याप्लेखोला पहिरो: सडकको लापरबाहीले ३९ जनाको ज्यान गयो

धादिङ । त्रिभुवन राजपथ अन्तरगत धुनिबेसी नगरपालिका-९ झ्याप्लेखोलामा अविरल वर्षाका कारण गएको पहिरोले कति धनजनको क्षति भयो यकिन तथ्यांक आउन बाँकी छ।

कति मानिस मारिए कति घाइते भए र कति सवारी साधन पुरिए राज्यसँग यकिन तथ्यांक नै छैन।

तर, राजमार्ग निर्माणका क्रममा गरिएको गम्भीर लापरबाहीका कारण पहिरो गएर ३५ जनाले ज्यान गुमाउनु परेको स्थलगत अध्ययनले स्पष्ट देखाउँछ।

तीन दिनदेखिको बाढीपहिरोका कारण धादिङ जिल्लामा ३९ जनाले ज्यान गुमाएका छन् ।

ओडारमा बसेको बेला दुई चेपाङले ज्यान गुमाए भने, मोटरसाइकलमा घर जान लागेकी ६ वर्षीया बालिकाले खोलाले बगाएर ज्यान गुमाइन् ।

आफ्नै घरको करेसामा आएको पहिरो सोहोर्न लाग्दा १ जनाले ज्यान गुमाएका छन् भने धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलामा सवारी साधनमा पहिरोले पुर्दा ३५ जनाले ज्यान गुमाए ।

झ्याप्लेखोला पहिरोले सवारी साधन पुरेर भएको घटनामा एक जना बालिका, ९ जना महिला र २५ जना पुरुष गरी ३५ जनाले ज्यान गुमाएका छन् ।

असोज ११ गतेदेखिको वर्षपछि झ्याप्ले खोलामा असोज १२ गते साँझ एउटा माइक्रोबस पुरिएजस्तो देखिएको थियो । त्यसलाई पछ्याउँदै पहिरो पन्छाउँदा तीन गाडी पुरिएको भेटिएका हुन्।

आइतबारसम्म खोजी गर्दा बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसमा १४ जना, चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबसमा १६ र गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसमा ५ जनाको शव भेटिएको स्थानीय उद्धारकर्मी एवं धुनीबेँसी वडा नम्बर ९ का वडा सदस्य विक्रमजंग रानाले जानकारी दिनुभयो।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको र साँझ साढे सात बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

राजमार्ग फराकिलो पार्ने क्रममा झ्याप्ले खोलामा माथिल्लो सडक खारेको माटोसँगै विशाल पहिरो आएपछि लाइफलाइनको रूपमा मानिएको त्रिभुवन राजपथ बन्द भएको थियो ।

सडक निर्माणको ठेकेदार कम्पनीले जथाभावी माटो फाल्दा वर्षा लागेपछि पहिरो जाने क्रम भइरहेको बेला यो घटनामा ठूलो मात्रामा धनजनको क्षति हुन पुगेको रानाको भनाइ छ।

विकास गर्दा गरिनुपर्ने आधारभूत कुरा बेवास्ता गरेर गरिएको सडक निर्माणले सहजता ल्याउनभन्दा पहिला विनाश र क्षति ल्याएको सो क्षेत्रका सामाजिक अभियन्ता राजीव लामाको भनाइ छ।

सरकारले विपद् व्यवस्थापन पूर्वतयारीका लागि अनेकन तालिम र सेमिनार गरेर तयारी अवस्थामा राखिने निकायहरूले यस क्षेत्रको उद्धारमा मेसो नपाउँदा समेत ढिलो गरीमात्र सवारी साधन पुरिएको जानकारी पाएको थियो।

सुरक्षा निकायबीच समन्वयको अभाव, उद्धारमा काठमाडौंको टिम र धादिङको टिमले समन्वय समेत नगरी यात्रु पुरिएको ठाउँभन्दा अन्यत्र नै खोजी गरेको थियो।

सूचना प्रणाली समेत नभएपछि विपद् व्यवस्थापनमा पूर्वतयारीका लागि राज्यले गरेको खर्चसमेत वालुवामा पानीसरह भएको स्थानीयबासीको भनाइ छ।

मानिसको मृत्यु, सवारी साधनको क्षतिमात्र होइन झ्याप्लेखोला क्षेत्रका एक दर्जन घर तथा पसलहरूसमेत पहिरोमा परेर नष्ट भएका छन् । यो समाचार पत्रकार सिताराम अधिकारीले न्युज अफ नेपालमा लेख्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ३ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १५ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १५ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १६ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १६ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १६ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १७ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution