

धादिङ-धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले चाडपर्वको समयमा पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा सहज रुपमा यात्रा गर्ने वातावरण बनाउने बताउनुभएको छ ।
बुधबार जिल्लाका पत्रकारहरुसँग भेटघाट गर्दै घिमिरेले संघीय राजधानी जोड्ने दुई ठूला राजमार्गहरुमा नागरिकलाई सहज यात्रा गर्ने वातावरण बनाउने बताउनुभएको हो ।
केही दिन अघि मात्र जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आउनुभएका घिमिरेले राजमार्गको यात्रा सहज बनाउने प्रयास भइरहेको बताउनुभएको हो ।
केही दिन अघि मात्रै ठूलो विपत्तिको सामना गर्नु परेको भन्दै उहाँले भन्नुभयो,‘विपद लगायत सडक सुरक्षामा विशेष ध्यान दिनेछौं।ट्राफिक प्रहरी लगायतको टोली परिचालन गरेर होस् या सडक मर्मत तथा अन्य काम गरेर भए पनि चाडपर्वको समयमा सहज रुपमा यात्रा गर्ने वातावरण बनाउँछौं ।’
‘अहिले विपी राजमार्ग ठप्प छ । धादिङ भएर यात्रा गर्नेहरुको संख्यामा उच्च वृद्धि हुने देखिन्छ । यसलाई मध्यनजर गरि विशेष तरिकाले हामी लाग्नेछौं । त्यसको लागि सरोकारवाला निकायहरुविच छलफल तथा सहकार्य भइरहेको छ’ उहाँले भन्नुभयो ।
पृथ्वी राजमार्गमा चाडपर्वका समयमा गत वर्ष दैनिक १७ हजार भन्दा बढी सवारी आवतजावत गरेका थिए ।
यो वर्ष विपी राजमार्ग अवरुद्ध बनेका कारण २५ हजार भन्दा बढी सवारी गुड्ने अनुमान गरिएको छ ।
त्यसैले, घण्टौसम्मको जाम र सास्तिबाट बच्न पूर्व तयारी गरेर जानुपर्ने पत्रकारहरुले सुझाव दिएका छन् ।
राजमार्गमा हुने विपद् तथा दुर्घटनामा उद्धार सामाग्री र उद्धार टोली समयमै उपलब्ध हुने गरि व्यवस्थापन गरिनुपर्नेमा पत्रकारहरुले जोड दिएका छन् ।
त्यस्तै, राजमार्गमा सञ्चालित होटल तथा पसलहरुले महंगो शुल्क असुल्ने गरेका छन् । जामको समयमा तेब्बरसम्म मूल्य लिने गरेको भन्दै यस्ता वेतिथिका क्षेत्रमा पनि प्रशासनले ध्यान दिन सुझाव दिएका छन् ।
पत्रकारहरुले उठाएका सवालहरुमा प्रशासनको गम्भिर ध्यानाकर्षण भएको र विशेष गरि राजमार्गको यात्रा सहज र व्यवस्थित गर्ने प्रजिअ घिमिरेले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |