

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिमा पर्ने कृष्णभिरमा सडक भासिएको छ ।
बुधबार दिउँसो सडक भासिएर त्रिशूली नदीतर्फ बगेपछि सवारी एकतर्फी भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक,सूचना अधिकारी प्रल्हाद सिलवालका अनुसार सवारी एकतर्फी भएको स्थानमा प्रहरीले आलोपालो गरी सवारी संचालनको व्यवस्था मिलाएको छ ।
नदी किनारदेखि नै सडक भासिन सुरु भएकोले ठूला सवारीलाई दुईतर्फी संचालन गर्न सक्ने अवस्था नरहेको सिलवालले बताउनुभयो ।
साना सवारीहरुले भने सहजै आउजाउ गरिरहेका छन् ।
ठूला सवारीहरुलाई आलोपालो गरी भासिएको स्थानबाट पास गराइरहेको सिलवालले जानकारी दिनुभयो ।
उक्त भासिएको स्थानमा सडक माथि पनि पहिरोको जोखिम रहेको भुगर्भविद्ले बताएका छन् ।
बुधबार साँझ धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेसहित भुगर्भविद् डा.सौलभ भण्डारीको टोलिले भासिएको स्थानको अनुगमन गर्नुभएको छ ।
वर्षाै पहिले पनि त्यस स्थानमा पहिरो चलेकोे र अहिले फेरी भासिएकोले तत्काल मर्मत गर्ने संभावना नरहेको भुगर्भविद् भण्डारीले बताउनुभयो ।
खोला सम्मै भासिएको पहिले जसरी खोलाबाटै वाल उठाउनुपर्ने भन्दै उहाँले अहिले भासिएको स्थानमा तल खोलाले कटिङ गरिरहेकोले सडक अति असुरक्षित रहेको बताउनुभयो ।
दुई दिन अघिको बर्षाको कारण माथिल्लो भेगमा पनि दुई वटा पहिरो रहेको भुगर्भविद् भण्डारीले बताउनुभयो ।
पृथ्वी राजमार्गको जोखिमपूर्ण स्थानहरुमा २४ सै घण्टा प्रहरी परिचालन थालिएको छ ।
संवेदशनसिल ठाउँमा सादा पोसाकका प्रहरी र पहिरोको जोखिम देखिएका स्थानको पाँच सय मिटर पर सवारी रोकेर व्यवस्थापन मिलाइएको प्रहरीले जनाएको छ ।
हेर्नुहोस् भिडियो……….





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |