

धादिङ । गत असोज ११, १२ र १३ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परि धादिङमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

शुक्रबार जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको जिल्ला प्रशासन कार्यालय धादिङको टोलीले पालिकाको रोहवरमा मृतकको घर घरमा पुगेर २/२ रकम वितरण गरेको हो ।
पहिरोमा परि धादिङको बेनीघाट रोराङ गाउँपालिका–६ का जनता भनिने श्यामकुमार चेपाङ र सन्तबहादुर चेपाङको परिवारलाई २ लाखको दरले राहत रकम वितरण गरिएको छ ।

माछा मार्न गएको बेला ताल्ति खोलामा पहिरोले पुरिएर उनीहरुको ज्यान गएको थियो ।
त्यस्तै, थाक्रे गाउँपालिका–६ का कान्छाराईको परिवारलाई पनि घरमै पुगेर राहत रकम प्रदान गरिएको छ ।
घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर राईको मृत्यु भएको थियो ।
मृतकका परिवारलाई राहत स्वरुप २/२ लाखका दरले रकम प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
नेपाल सरकारले तय गरेको स्वीकृत मापदण्डको आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको र राहत रकमको सदुपयोग होस् भनेर पालिकाको रोहवरमा वितरण गरिएको उहाँको भनाई छ ।
यो राहत रकमले थोरै भए पनि आफन्तको घाउमा मल्हमको काम गर्ने अपेक्षा गरेको अर्यालले बताउनुभयो ।
त्यस्तै, गजुरीमा घटटे खोलाले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की ६ वर्षिया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको उहाँले बताउनुभयो।
कागजात जुटाउने तथा प्रक्रियामा रहेकोले केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |