

काठमाडौं।काभा यू-२० पुरुष भलिबल प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ।
श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगिता अन्तरगत शुक्रबार तुर्कीमिनिस्तानलाई ३-० सेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो।नेपालले तुर्कमिनेस्तानलाई २५-१४, २५-२१, २५-२० ले हरायो ।
नेपाली टिमका मुख्य प्रशिक्षक रमेश केसीका अनुसार नेपालले प्रतियोगितामा पाँच मध्ये तीन खेल जित्दै कूल १० अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनलमा स्थान बनाएको हो।
नेपाफ श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सेटमा हराएको थियो भने उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ सेटको पराजित भएको थियो ।
तुर्कमिनेस्तानको पनि ५ खेलबाट नेपाल समान १० अंक नै भएपनि सेट जितेको आधारमा नेपाल फाईनल पुगेको प्रशिक्षक रमेश केसीले जानकारी दिनुभयो।नेपालले अब फाईनलमा शनिबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |