

धादिङ । आज ६९औं प्रहरी दिवस,जिल्ला प्रहरी कार्यालय धादिङले धादिङबेसीमा विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रमको अवसरमा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरिएको थियो भने कर्तव्य पालनको सिलसिलामा ज्यान उत्सर्ग गरेका सम्पूर्ण अमर प्रहरी परिवारलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
यस्तै विभिन्न खेलकुदमा प्रथम र द्धितिय स्थान हासिल गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान-पत्र तथा पुरस्कार वितरण गरिएको थियो।
दिवसको अवसरमा नेपालपथकर्मी अर्जुन श्रेष्ठ सम्मानित भएका छन् ।
नागरिकलाई सुसुचित गर्ने र समाजमा भएका सामाजिक अपराधहरु न्यूनिकरण गर्न तथा सडक सुरक्षाको सवालमा गहन भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय धादिङले श्रेष्ठलाई सम्मान गरेको हो ।
नेपालपथ डटकमका सम्पादक तथा रेडियो धादिङका कार्यक्रम संयोजक र नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला सम्वाददाता रहेका श्रेष्ठ विगत १४ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले शान्ति सुरक्षा, सुव्यवस्था तथा अमन चयनको क्षेत्रका खेलेको भूमिका प्रशंसा योग्य रहेको बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |