

काठमाडौं । आजदेखि काठमाडौँमा साफ महिला फुटबल च्याम्पियनसिप शुरु हुदै छ ।
प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिदै छन् ।
समुह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् भने समुह बी मा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेका छन् ।
प्रतियोगिताको पहिलो खेल विहिबार भारत र पाकिस्तानबीच हुदै छ । यो खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुदै छ ।
नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दै छ ।
नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ ।
अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।
च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबलले २३ सदस्यीय टिमको घोषणा गरेको छ ।
जसअनुसार गोलकिपर अन्जिला तुम्बापो सुब्बा ९सी०, अञ्जना राना मगर र उषा नाथ रहेका छन् । डिफेन्डरमा गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर रहेका छन् ।
त्यस्तै मिडफिल्डरमा रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी र फरवार्डमा रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी रहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |