

धादिङ । धादिङको बिभिन्न स्थानमा आज दिनभर विद्युत सेवा अबरुद्ध हुने भएको छ ।
शुक्रबार नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सुचना जारी गर्दै रुखका हाँगाबिगा काट्ने, जम्पर सुधार गर्ने र अन्य आवश्यक मर्मत सम्भार गरिने भएकोले जिल्लाका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्ने जनाएको छ।
अहिले बिहान ८ः०० बजेदेखि साँझ ५ः०० बजे सम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
आउदै गरेको तिहार र छठ पर्वलाई मध्यनजर गर्दै देविघाट सवस्टेशनबाट रातमाटे सवस्टेशनसम्मको ३३ के.भी. प्रशारण लाइनको तारुकाघाट खाल्टे–धादिङबेशी खण्ड अन्तरगत धादिङबेशी र सल्यान्टार सवस्टेशनबाट वितरण गरिने सबै फिडर क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द रहनेछ।
नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिकाका १ र २ वडा, ज्वालामुखी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र आरुघाट गाउँपालिकाका क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने सुचनामा भनिएको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |