

काठमाण्डौ-विपद् प्रभावित पालिकाहरूलाई सरकारले क्षतिका आधारमा तीन वर्गमा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले असोज १० देखि १३ गतेसम्मको ठूलो वर्षापछिको बाढी पहिरो तथा डुबानबाट प्रभावित २० जिल्लाका ७१ पालिकालाई तत्काल राहत, पुनर्निर्माण र पुनर्स्थापनाका लागि ४३ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको हो ।
जसअनुसार बाढी पहिरो र डुबानबाट अति प्रभावित पालिकालाई एक करोड, मध्यम प्रभावित पालिकालाई ७५ लाख र सामान्य प्रभावित पालिकालाई ५० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको हो ।
अतिप्रभावित पालिकामा काभ्रेपलाञ्चोकको रोशी, तेमाल र बेथानचोक गाउँपालिका तथा पनौती र नमोबुद्ध नगरपालिकालाई एक करोड रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
यसैगरी ललितपुरको अति प्रभावित महाङ्काल, कोञ्ज्योस्योम, बाग्मती गाउँपालिका तथा गोदावरी नगरपालिकालाई एक करोड रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
७५ लाख रुपैयाँ पाउने पालिकाहरूमा पाँचथरको फिदिम गाउँपालिका, धादिङको धुनीबेशी नगरपालिका, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका, भुम्लु र चौँरी देउराली, खानीखोला र महाभारत गाउँपालिका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, सिन्धुलीको गोलञ्जोर र सुनकोशी गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका र उदयपुरको बेलका नगरपालिकालाई पनि ७५ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
इलामको सन्दकपुर गाउँपालिका, ओखलढुङ्गाको चम्पादेवी, सुनकोशी र मानेभञ्ज्याङ गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ, जन्तेढुङ्गा गाउँपालिका, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका, चितवनको इच्छाकामना गाउँपालिका, माडी नगरपालिका, भरतपुर महानगरपालिका, दोलखाको बिगु र शैलुङ गाउँपालिकाले ५० लाख रुपैयाँ राहत पाउने निर्णय भएको छ ।
यसैगरी दोलखाको गौरीशङ्कर, धादिङको बेनीघाट रोराङ, नेत्रावती डबजोङ, गजुरी र खनियाबास गाउँपालिकाले पनि ५० लाख राहत पाउने निर्णय भएको छ ।
पाँचथरको फाल्गुनन्द र फालेलुङ गाउँपालिका, मकवानपुरको भीमफेदी र बकैया गाउँपालिका, महोत्तरीको बर्दिबास र गौशाला नगरपालिका, रामेछापको रामेछाप नगरपालिका, दोरम्बा शैलुङ, खाँडादेवी, गोकुलगङ्गा, उमाकुण्ड, लिखु तामाकोशी, सुनापाथी गाउँपालिका र मन्थली नगरपालिकाले पनि ५० लाख रुपैयाँ राहत पाउने भएका छन् ।
रौतहटको राजपुर र गढीमाई नगरपालिका, दुर्गाभगवती गाउँपालिका, परोरा नगरपालिका, राजदेवी नगरपालिकालाई पनि ५० लाख राहत दिने निर्णय भएको छ ।
सप्तरीको बलान केबुल गाउँपालिका, बलरा नगरपालिका, सर्लाहीको बाग्मती नगरपालिका, सिन्धुपाल्चोकको जुगल र बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई पनि ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
सिन्धुलीको फिक्कल र हरिहरपुरगढी गाउँपालिका, सिरहाको लाहान नगरपालिका र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, सोलु दूधकुण्ड नगरपालिका, माप्य दूधकोशी गाउँपालिकालाई ५० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |