

धादिङ ।तिब्बती नागरिकलाई नागरिकता दिएको विषमा नागरिकता लिने मूख्य अभियुक्त सहित चारजनालाई पुरपक्षका लागि थुनामा पठाएको छ।
जिल्ला अदालत धादिङका जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले विदेशीलाई नागरिकता दिलाएको मुद्दामा सम्लग्न भएको आरोपमा तिब्बती नागरिक छिरिङ डोण्डुप, सिन्धुपाल्चोकका छिरिङवाङदी शेर्पा र धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ५ का रामेश्वर रिजाललाई पुरपक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
यसैगरि सोही मुद्दाका प्रतिवादी नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का मदनबहादुर तामाङ र जिल्ला प्रशासन कार्यालयका सुब्बा कृष्णप्रसाद थपलियालाई भने जिल्ला अदालतले ५१÷५१ हजार धरौटीमा रिहा गरेको छ।
तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनाम वाङदेलले धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ ठेगाना राखेर ०८१ असार ६ गते जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी गरेको नेपाली वंशजको नागरिकतामा झुटा विवरण देखाइ नागरिकता दिएको, मुद्दा संगै झुटा विवरण पेश गरेर राष्ट्रिय परिचयपत्र बनाएको, राहदानी बनाउने प्रकृया समेत थालेको कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दामा प्रतिवादी बनाइ तिब्बती नागरिक डोण्डुप, सिन्धुपाल्चोकका शेर्पा र धादिङ खनियाबासका रिजाललाई तिन ओटा कसुरमा अभियोजन गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी अभिवक्ता रबिन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाण्डौको जुवा खेलिरहेको अवस्थामा तिब्बती नागरिक डोण्डुपलाई प्रहरीले असोज ४ गते पक्राउ गरेपछि नागरिकता किनेको र आफ्नो ठेगाना तिब्बत बताएपछि विदेशीले धादिङबाट नागरिकता जारी गरेको देखिएको थियो ।
उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौले अनुसन्धानपछि घटनाबारे उल्लेख गरेर जिल्ला प्रशासन कार्यालयका सुब्बा थपलिया बाहेकलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।
प्रहरीले लामो अनुसन्धानपछि थुनछेक बहससंगै चारजनालाई कारागार चलान गरेको छ भने २ जना धरौटीमा छुटेका हुन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |