

धादिङ । धादिङमा जिल्ला स्तरीय महिला/पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
जिल्ला भलिबल संघ धादिङको आयोजनामा धादिङ जिल्ला भलिबल टिमका पूर्व कप्तान स्व.मनोज श्रेष्ठको स्मृतिमा आगामी मंसिर ६ गतेदेखी ८ गतेसम्म सदरमुकाम धादिङबेशीमा जिल्लाको अन्तर पालिका स्तरीय महिला/पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।
पुरुष भलिबल खेलमा प्रथम हुनेले नगद १ लाख १ हजार १११ सहित ट्रफि,मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद ५५ हजार ५५५ र सेमिफाइनलमा पुग्ने टिमहरुलाई रु.२०/२० हजार प्रदान गरिने धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) ले बागमती कलमलाई जानकारी दिनुभयो ।
त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले नगद ५५ हजार ५५५ सहित ट्रफि,मेडल र प्रमाणपत्र, द्वितीय हुनेले ३० हजार ३३० र सेमिफाइनल पुग्ने टिमहरुलाई रु.१५/१५ हजार पाउने अध्यक्ष गुरुङले बताउनुभयो ।
यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने टिममा खेलाडी संख्या १२ जना (एउटै पालिकाको हुनुपर्ने), टिम कोच १ जना र टिम म्यानेजर १ जना हुनुपर्ने बताउनुभयो ।
सहभागीताको लागि मंसिर २ गते सम्म टिम दर्ता गर्न सकिने छ भने दर्ता शुल्क पुरुषको लागि ७ हजार ५ सय र महिलाको लागि ४ हजार तोकिएको जिल्ला भलिबल संघका अध्यक्ष गुरुङले बताउनुभयो ।
प्रतियोगितामा पालिकाभित्रको अन्य क्लब, संघ,संस्थाले पनि भाग लिन पाउने तर खेलाडी एउटै पालिकाको हुनु पर्ने उहाँको भनाई छ । जिल्लामा १३ वटा पालिका रहेको छ ।
धादिङको गंगाजमुना गाउँपालिका–४,गुम्दी घर भएका धादिङ भलिबल टिमका कप्तान श्रेष्ठको ०८० कात्तिक ९ गते सिद्धलेकको खिर्रेभञ्याङमा आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो।
टिपटप हेल्प नेपालबाट प्रधानमन्त्री कप एनभीए समेत खेलेका श्रेष्ठको कप्तानीमा धादिङले बागमती प्रदेश स्तरिय प्रतियोगिता समेत जितेको थियो ।
उनैको सम्झनामा स्व.मनोज श्रेष्ठ स्मृति कप आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
यस प्रतियोगिताबाट महिला/पुरुष दुबै तर्फ खेलाडी छनौट गरी जिल्ला स्तरिय टिम निर्माण गर्न पनि सहज हुने उहाँको भनाई छ।
प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीको बिमा गरिने भलिबल संघका अध्यक्ष गुरुङले बताउनुभयो ।
प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्नको लागि आर्थिक सहयोग गरिदिन उहाँले देश तथा विदेशमा रहेका शुभचिन्तकहरुलाई अपिल समेत गर्नु भएको छ।
तस्विर:सिद्धलेक गाउँपालिका-२ मा भएको भलिबल प्रतियोगिता





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |